मोबाइल बजार व्यवस्थित गर्न तत्काल एमडिएमएस लागु हुन्छः अर्थमन्त्री शर्मा

मोबाइल बजार व्यवस्थित गर्न तत्काल एमडिएमएस लागु हुन्छः अर्थमन्त्री शर्मा


अर्थमन्त्री जनार्दन शर्माले तत्काल मोबाइल म्यानेजमेन्ट डिभाइस सिस्टम (एमडिएमएस) लागु हुने  बताएका छन् । नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले कसैको दबाबमा अब यो कार्यक्रम बन्द नहुने जिकिर समेत गरेका छन् । लागु गर्नेका लागी केही समस्या भए सहजीकरण गर्न पनि उनको भनाई छ । एसएमएस गत साउन देखि नै लागू गर्ने नेपाल दूरसञ्चार प्राधिकरणले बताएको थियो । तर तयारी नपुगेको भन्दै  अझै लागु हुन भने सकेको छैन । 

नक्कली मोबाइल नेपालमा भित्रँदा अर्बौँको राजश्व गुमेको उल्लेख गदै उनले त्यसलाई नियन्त्रण गर्न भने कठिनाइ भएको बताएका छन् । ‘हामी रेमिटेन्सले अर्थतन्त्र चलाइरहेका छौ, विदेशमा दुःख गरेर कमाएको रकमले एउटा पनि मोबाइल नेपाल भित्रन नदिनु अन्याय हुन्छ । यद्यपि सरकार यसलाई व्यवस्थित गर्न तयार छ ।’

उनले भने ‘२१–२२ तोला सुन नेपालको विमानस्थल हुँदै भित्रिरहेको छ। त्यसका लागी विमानस्थलमा नियमित अनुगमन बढाइको छ । मोबाइलको पनि यसै गरी आयात भइरहेको रिपोर्ट आएको छ ।’ 

नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशन राजधानीमा सुरु भएको छ । लगानीको सुरक्षा, व्यवसायको सुनिश्चितता, मोबाइल व्यवसायीको एकता, आजको आवश्यकता भन्ने मूल नाराको साथ २ दिन सम्म कार्यक्रम सञ्चालन हुनेछ । संस्थाको दोस्रो महाधिवेशनको बन्द सत्रले नयाँ कार्य समिति चयन गर्नेछ ।

Logo