नाडामा करण चौधरीको निर्वाचन प्यानल घोषणा

नाडामा करण चौधरीको निर्वाचन प्यानल घोषणा


नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्याशी उम्मेदवार करण चौधरीले आफ्नो समूहका सदस्यहरू सार्वजनिक गर्दै प्यानल घोषणा गरेका छन् ।

चौधरीको प्यानलमा अटोमोबाइल क्षेत्रमा लामो अनुभव बोकेका व्यवसायदेखि नयाँ युवापुस्तामा समेटिएका छन् । सम्पूर्ण अटो क्षेत्र प्रतिनिधित्व गर्ने चार पाङ्ग्रे, दुई पाङ्ग्रे, ब्याट्री, लुबीकेन्ट,टायर, स्पेयर पार्टस, हेभिइक्युपमेन्टलगायत सबै क्षेत्रलाई समेटेर बनेको चौधरीको भनाई छ । 

अनुभवी समूह र काम गर्ने जोशको समिश्रण रहेकाले अनुकुलता र प्रतिकुलता दुवैमा अटोमोबाइल क्षेत्रलाई सन्तुलित तरिकाले विकास गर्दै अगाडी बड्ने लक्ष्य लिएको चौधरीले बताए । 

प्यानलमा अनुपकुमार बराल,सुरेन्द्र कुमार उप्रेती (सुरेश), बिक्रम सिघंनिया, राजनबाबु श्रेष्ठ, अभि ज्योति, मिलनबाबु मल्ल,नीलमणि पाठक(रामं), पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने,सुनिल रिजाल, बरदान बस्नेत, निशान ढकाल,प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगा भट्टराई तय भएका छन् । 

Skip This
Logo