लाभांश प्रस्ताव पारित गर्न लुम्बिनी बैंकले बोलायो साधारणसभा

लाभांश प्रस्ताव पारित गर्न लुम्बिनी बैंकले बोलायो साधारणसभा


लुम्बिनी विकास बैंकले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा बोलाएको छ। बैंकले ९ पुसमा साधारणसभा बाेलाएकाे हाे। 

सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ। 

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ। प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमाा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने लगागतको एजेण्डा छ।

साधारणसभा प्रयोजनका लागि २७ मंसिरमा बुक क्लोज गर्ने बैंकले जनाएको छ। 

Skip This
Logo