भारतले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाउँदा, नेपालले किन घटाएन?

भारतले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाउँदा, नेपालले किन घटाएन?


भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आए पनि नेपालमा भने घटाउन नसकिने आयल निगमले जनाएको छ । आयल निगमको घाटा नघटेको भएर नेपालमा पेट्रोल–डिजेलको मूल्य घटाउन नसकिने निगमले स्पष्ट पारेको छ ।

पेट्रोल र डिजेलको मूल्य सामान्य घटे पनि ग्यासको मूल्य झन् बढेको तथा घाटा यथावत् रहेको दाबी निगमले गरेको छ ।  खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर ९२ रुपैयाँ २० पैसा बढे पछिल्लो समय बढेर आएको नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमको घाटा घटेको छैन । नेपाल आयल निगमका अनुसार बुधबार (डिसेम्बर १) मा पठाइएको नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेल प्रतिलिटर ३ रुपैयाँ ६२ पैसा घटेर आएको हो ।

बिक्री–वितरणका आधारमा १५ दिनमा पेट्रोलमा मात्रै ३२ करोड ७२ लाख रुपैयाँ र डिजेलमा ५० करोड ७२ लाख रुपैयाँ घाटा हुने अनुमान निगमले गरेको छ। यस्तै ग्यासमा १ अर्ब २६ करोड २० लाख रुपैयाँ घाटा हुने उसको दाबी छ। समग्रमा १५ दिनमा करिब १ अर्ब ९५ करोड घाटा हुने निगमले अनुमान गरेको छ ।

निगमका अनुसार पेट्रोलियम पदार्थको बजार मूल्य अनुरूप नेपाल र भारतको स्थानीय बजारमा समायोजित पछिल्लो मूल्य स्थिति अनुरूप भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपाली सिमा बजार वीरगन्जमा पेट्रोल प्रतिलिटर ३७.४२ रूपैयाँ सस्तो र डिजेल ३०.५४ रूपैयाँ सस्तो र खाना पकाउने ग्याँस प्रतिसिलिन्डर ५०.६५ रूपैयाँ सस्तो रहेको बताएको छ ।

हाल नेपालमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ तोकिएको छ।

Logo