नेपालमा लन्च गरियो होण्डाको नयाँ ‘एमेज-२०२१’

नेपालमा लन्च गरियो होण्डाको नयाँ ‘एमेज-२०२१’


नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले स्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी शानदार इन्टेरियरसका साथ होण्डाको MMC एमेज २०२१ लाई नेपाली बजारमा लन्च गरेको छ। 

यस नयाँ एमेज २०२१ मा रहेको एड्भान्स LED प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको LED DRL's  का साथै नयाँ एड्भान्स फ्रन्ट फग ल्याम्पले सबैको ध्यानाकर्षण गर्नेछ। यस कारको अर्को प्रमुख विशेषता भनेको यसमा भएको डायमण्ड कट् टू टोन मल्टी स्पोक R-15 एलोए व्हीलस् हो । 

त्यसैगरी यस एमेज २०२१ मा गाइडलाइनसहितको रियर मल्टीभियू क्यामेरा रहेको छ र यस कारले सुरक्षाका लागि NCAP बाट ४ स्टार सेफ्टी  रेटिङ्गसमेत प्राप्त गरेको छ । यसका साथै यस कारमा पहिलो पटक आफ्नो क्लासमा पेट्रोल र डिजेल दुवै भेरियन्टमा ७ स्पिड CVT गियरबक्स् रहेको छ । 

यस कारमा रहेको स्ल्कि सोलिड विङ्ग फेस फ्रन्ट ग्रिलले यसको डिजाइनलाई अझ आकर्षित गरेको छ। अटोमेटिक हेडलाइट कन्ट्रोलका साथ लाइट सेन्सर, प्रिमियम C- Shaped LED कम्बिनेसन ल्याम्प, क्रोम डोर ह्याण्डल जस्ता यस कारका अन्य विशेषताहरु पनि रहेको छ।

Logo