मझौला व्यवसायीको हितका लागि मैले उम्मेद्वारी दिएको हुँ: करण चौधरी (अध्यक्षका उम्मेद्वार, नाडा)

मझौला व्यवसायीको हितका लागि मैले उम्मेद्वारी दिएको हुँ: करण चौधरी (अध्यक्षका उम्मेद्वार, नाडा)


सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियशनको आगामी अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका छन्। चौधरी अहिले नाडाको कार्यसमितिमा उपाध्यक्ष रहेका छन्। 

नाडा सात वटै प्रदेशमा विस्तार भइसकेको अवस्थामा सवै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागतरुपमा दरिलो बनाई अगाडि बढाउने उद्देश्यका साथ उम्मेद्वारी दिएको उनले बताएका छन्। 
 
अटोमोवाइल व्यवसाय भनेको सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजी क्षेत्रमा ठूला रोजगार प्रदान गर्ने व्यवसाय भएको हुनाले सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण बनाउन सरकारको नितिगतरुपमा समेत अटो व्यवसायलाई कसरी सहज बनाउने भन्ने कुरामा काम गर्ने समेत उनको उद्देश्य  छ। 

उनले कोरोना महामारी र लकडाउनका कारण नेपालका अटोमोवाइल व्यवसाय संकटमा परेकाले यस व्यवसायको पुनरुत्थानसँगै यस क्षेत्रमा नयाँ आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको बताएका छन्। हाल नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल रहेका छन्।

अध्यक्ष पदका उम्मेद्वार चौधरीसँग यसपटक हामीले कुराकानी गरेका छाैं। प्रस्तुत छ केन्द्रबिन्दुका लागि निकेश बरालले चाैधरीसँग गरेकाे कुराकानी याे भिडियाेमा 

 

 

Logo