३५ लाख मूल्यको यामाहा बोल्टका मालिक बने व्यवसायी पवन घिमिरे

३५ लाख मूल्यको यामाहा बोल्टका मालिक बने व्यवसायी पवन घिमिरे


व्यवसायी पवन घिमिरेले यामाहाको नेपालमा उपलब्ध महंगो मोटरसाइकल मध्ये एक यामाहा बोल्ट खरिद गरेका छन्। काठमाडौंको त्रिपुरेश्वरस्थित सोरुमबाट उनले ९४२ सीसीको उक्त मोटरसाइकल खरिद गरेका हुन्।

यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीले उक्त मोटरसाइकल घिमिरेलाई हस्तान्तरण गरे। जगदम्बा अटोमोबाइल्स र जय अम्बे ट्रेडिङलगायतका विभिन्न कम्पनीमार्फत अटोमोबाइल व्यवसायमै कार्यरत घिमिरेले आफूलाई मन परेर सो मोटरसाइकल किनेको बताएका छन्। उनीसँग नेपाली बजारमा महंगो मानिने गाडी जिप कम्पाससमेत छ।

यामाहा बोल्टमा १३ लिटरको इन्धन ट्यांकी हुनुका साथै रिल्याक्सयुक्त क्रुजिङका लागि ६९० एमएमको सिट हाइट छ। यसको पछिल्लो भागमा एलईडी टेललाइट र रेट्रो–इन्स्पायर्ड टर्न इन्डिकेटर छ। त्यसैगरी अल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र थप अपडेटको रुपमा पोजिसन ल्याम्प रहेको छ। डबल क्र्याडल फ्रेममा निर्माण गरिएको सो बाइकमा ४१ एमएमको टेलिस्कोपिक फ्रन्ट फोर्क्स र ड्युअल सक एब्जर्बर छ। यसमा सिंगल डिस्क ब्रेकका साथै एबीएस स्ट्यान्डर्डको रुपमा छ। कम्पनीले भि–ट्विन इन्जिनमा ल्याएको सो बबर मोटरसाइकल अहिले चर्चामा छ।

सो बाइकमा ९४२ सीसीको एयरकुल्ड एसओएचसी, भी–ट्विन फोर भल्व इन्जिन जडान गरिएको छ, जसले ५४ पीएसको पावर र ८० एनएमको टर्क जेनेरेट गर्छ। यसमा कम्फर्टेबल टुरिङका लागि राउन्ड सेप हेडल्याम्प र फराकिलो स्प्लिट सिट हुनुका साथै हाइसेट ह्यान्डलबार र ट्रेडिसनल रुपमा पोजिसन गरिएको मिरर छ। यसमा कुनै फेन्सी ग्राफिकल मेकओभर विनै भिन्टेज स्टाइल प्रदान गरिएको छ।

Logo