डुकुछापमा डिशहोमको नयाँ स्याटेलाइट टेलिपोर्ट स्थापना

डुकुछापमा डिशहोमको नयाँ स्याटेलाइट टेलिपोर्ट स्थापना


डिटिएच सर्भिस दिँदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको छ। छ्यासीकोट स्थित टेलिपोर्टबाट आफ्नो सेवा दिँदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको हो। 

अव कुनै पनि प्राविधिक अथवा प्राकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको हो। 

छ्यासीकोटमा रहेको डिशहोेमको स्टेशन मार्फत फाइबर केवलको माध्यम मार्फत डुकुछापमा स्थापना भएको स्याटेलाइट टेलिपोर्टसम्म पुर्याई डिशहोमका सम्पूर्ण टेलिभिजनका सिग्नल स्याटेलाईटमा अपलिंक गरि प्रशारण गर्ने क्षमता राख्दछ।

Logo