नेप्से अपडेट: शेयर बजारमा उच्च अंकको गिरावट

नेप्से अपडेट: शेयर बजारमा उच्च अंकको गिरावट


साताको दोस्रो दिन पनि शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । कारोबार सुरु भएको २ घण्टा नवित्दै १२ः४५ बजे सम्ममा नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक ७५ दशमलव ५९ अंकले घटेर २ हजार २ सय ८५ दशमलव ६५ को बिन्दुमा पुगेको छ । शेन्सेटिभ नेप्से परिसुचक ३ दशमलव २० प्रतिशतले घटेको छ ।

यस्तै, सो अवधिसम्म कारोबारमा आएका १८९ कम्पनीमध्ये दुई वटा कम्पनीको शेयर अंक बढेको छ भने १८७ कम्पनीको शयर मूल्यमा गिरावट आएको छ । उक्त अवधिसम्ममा ४२ लाख ९७ हजार ६ सय ६६ शेयर २६ हजार ८ सय ४८ पटक कारोबार हुँदा १ अर्व ७५ करोडामाथीको कारोबार भइसकेको छ । 

अघिल्लो दिनसमेत नेप्सेमा ८९ अंकभन्दा माथीको गिरावट आएको थियो ।

Logo