शेयर बजारमा ७९ अंकको पहिराे

शेयर बजारमा ७९ अंकको पहिराे


साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । आइतबार ८७ अंकको उच्च गिरावट भएको नेप्सेमा सोमबार पनि ७९.२३ अंकको उच्च गिरावट हुँदा नेप्से २ हजार २ सय ८२ दशमलव ०१ अंकको विन्दुमा बन्द भएको छ । यसैगरि, शेन्सेटिभ सूचकसमेत ३ दशमलव ३६ प्रतिशतले घटेको शेयर बजार मापक संस्था नेप्सेले जनाएको छ । 

आज नेप्सेमा कुल १८९ कम्पनीको शेयर ९६ लाख ७९ हजार ७२ कित्ता शेयर ६२ हजार ८०९ पटक कारोबार हुँदा ३ अर्व ९९ करोड ५६ लाख भन्दा माथीको कारोबार भएको छ ।

बजार परिसूचकसँगै सबै उपसूचक राताम्यै भएका छन् । वित्त कम्पनी उपसूचकमा ६‍‍‍.५१ प्रतिशतको गिरावट हुँदा निर्जीवन बिमा र विकास बैंक उपसूचकमा ५ प्रतिशत तथा लघुवित्त, हाइड्रोपावर र व्यापार उपसूचकमा ४ प्रतिशतमाथिको गिरावगट हुँदा बैंकिङ उपसूचक पनि २.०९ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा कुल १ सय ८९ कम्पनीको सेयर कारोबार भएकोमा १८२ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर रहँदा  गोर्खाज फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.४७ प्रतितले बढेको छ । यस्तै, बोटलर्स नेपाल तराई, युनिलिभर नेपाल, माउन्टेन इनर्जी र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य बढेको छ ।

आज नेप्सेमा नबिल बैंकको सर्वाधिक १८ करोडको कारोबार हुँदा नेसनल हाइड्रोपावरको १३ करोड र हिमालयन डिस्टिलरीको १२ करोडको कारोबार भएको छ । आज दिनभरमा नेप्सेमा ९६ लाख ७९ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ९९ करोड ५६ लाखको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

Logo