शेयर बजारमा पोजेटिभ सर्किट, मार्केट ४० मिनेटको लागि बन्द

शेयर बजारमा पोजेटिभ सर्किट, मार्केट ४० मिनेटको लागि बन्द


लगातार घट्दो त्रममा घटीरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सकारात्मक सर्किट ब्रेक लागेको छ । मंगलबार कोरोबार सुरु भएको २ घण्टा नबित्दै सकारात्मक सर्किट लागेर बजार ४० मिनेटका लागि बन्द भइसकेको छ ।

नेप्सेले एक सूचना जारी गर्दे ४० मिनेटको लागि सर्किट ब्रेक लगाएको जनाएको छ । शेयर बजारमा उच्च उछाल देखिए पछि सर्किट ब्रेकर लागेको हो । कारोबारको दुई घण्टा अगावै परिसूचक ५ प्रतिशत नाघेर बढेपछि बजारमा सारकारात्मक सर्किट लागेको हो ।

यस अवधिमा नेप्से ५ प्रतिशतले बढेर एक सय १४ अंकको वृद्धि भएको छ । यस अवधिमा एक अर्ब ४५ करोडको काराबार भएको छ । आज काराबार भएका सबै उप समूहमा हरियाली छाएको छ । 

नेप्सेका अनुसार यस अवधिमा १३ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १२ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भनदा बढीले बढेको छ । 

Logo