प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका


प्रभु बैंकको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ ४ पुसमा बुक क्लोज गर्दै छ । यसअनुसार,  २ र ३ पुसमा सेयर कारोबार बन्द हुने भएकाले बैंकको लाभांश सुरक्षित गर्न बिहीबार नै सेयरधनी बनिसक्नु पर्नेछ । 

प्रभुले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । बैंकले १८ पुसमा २० औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा आफ्नो केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा भौतिक तथा भर्चुअल दुवै माध्यमबाट सहभागिता जनाउन सकिनेछ।

Logo