साथी मार्टको ब्राण्ड एम्बेस्डरमा महानायक राजेश हमाल नियुक्त

साथी मार्टको ब्राण्ड एम्बेस्डरमा महानायक राजेश हमाल नियुक्त


२०७७ भदौ ३० गते पहिलो आउटलेट काठमाडौंंमा खोलेको साथी मार्टकाे ब्राण्ड एम्बेस्डरमा महानायक राजेश हमाल नियुक्त भएका छन् ।

आज राजधानीको अलफट होटलमा आयोजित एक कार्यक्रमका बीच नायक हमालले मार्टसँगको अबद्धतामा हस्ताक्षर गरेका छन् । साथी मार्ट सुरुवातको १६ महिनामा सातै प्रदेशका सहरमा  ७ दर्जन बढी आउट लेट सञ्चालन, काँकडभिट्टा देखि दार्चुला अनि जिरीदेखि ढल्केबर पुग्न सफल भएको कम्पनीले जनाएको छ । यही वर्ष कम्तीमा ३० हजार युवालाई स्वरोजगार बनाउने कम्पनीको लक्ष्य रहेको छ ।

यस मार्टका उपभक्तले साथी प्रडक्सनका उत्पादन र साथी मार्टमा उपलब्ध अन्य सामान रेफर गरी तीस प्रतिशतसम्म आम्दानी समेत गर्न सक्नेछन् । आईएसओ स्ट्यान्डर्ड प्राप्त ९००१ः२०१५ प्रमाणित कम्पनी साथी मार्टको आधिकारिक वेबसाइट www.saathimart.com मा आफूलाई आवश्यक सामान रोजेर अर्डर समेत गर्न सकिन्छ ।

हाल मोबाइलमा एण्ड्रोइड भर्सनमा साथी मार्टको मोबाइल एप उपलब्ध छ भने छिट्टै आइओएसमा पनि एप उपलब्ध हुने कम्पनीको दाबी रहेको छ । यस आर्थिक वर्षमा ३०० प्रतिशत सम्मको बिक्री बढाउने कम्पनीको योजनामा रहेको छ ।

बिक्री बढाउन छुट, नेशनल कस्टमर मेम्बरसिप, एफिलिएट मार्केटिङ, नयाँ अफर, फल्यास सेल्स, मेड इन नेपाल कलेक्सन, पिक अप सुविधा र अनलाइन सेल्सलाई कम्पनीले प्राथमिकतामा राख्दै आएको छ । देश भरीको शाखा बाट २ घण्टा भित्र सामान डेलिभरी गर्ने प्रतिबद्धता कम्पमनिको रहेको छ ।

नेपाल भरि सात सय जना कर्मचारीले प्रत्यक्ष रोजगार पाका छन् भने पाँच सय जनाले अप्रत्यक्ष रोजगार पाएका छन् । नेपाल भरि १८ हजार लाख भन्दा वदी ग्राहकलाई दैनिक सेवा दिएको यस कम्पनीको नेपाल भरि शाखा विस्तार गर्ने योजना रहेको छ । अब नेपालमा पनि डिजिटल मार्टको युग सुरु हुने साथी मार्टले विश्वास लिएको छ ।

साथी मार्टको यसै वर्ष थप २ सय र ३ वर्षमा नेपाल भर हजार आउट लेट खोल्ने लक्ष्य रहेको छ ।

Logo