कृषि विकास बैंकको २१ दशमलव ०५ प्रतिशत लाभांश दिने घोषणा

कृषि विकास बैंकको २१ दशमलव ०५ प्रतिशत लाभांश दिने घोषणा


कृषि विकास बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषण गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ०५ नगद गरी कुल २१ दशमलव ०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक निकाय राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।

यस्तै, बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिने जनाएको छ । गत वर्ष बैंकले १५ दशमलव ७९ प्रतिशत ९करसहित० लाभांश वितरण गरेको थियो ।

Logo