नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका


नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ। बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि ७ पुसमा बुक क्लोज गर्दैछ। 

यसर्थ, मंगलबारसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई तीन दशमलव ५० प्रतिशत बोनस सेयर र एक दशमलव ८१ प्रतिशत नगद लाभांश वितरण गर्न २० पुसमा वार्षिक साधारणसभा बोलाएको छ। 

Logo