विदेशी मुद्राको आजकाे विनिमय दर यस्तो छ

विदेशी मुद्राको आजकाे विनिमय दर यस्तो छ


नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ६७ पैसा र बिक्री दर १२१ रुपैयाँ २७ पैसा कायम गरेको छ। 

युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ ३१ पैसा र बिक्री दर १३६ रुपैयाँ ९९ पैसा रहेको छ। युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ९६ पैसा र बिक्री दर १६० रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६ पैसा र बिक्री दर १३१ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४ पैसा र बिक्री दर ८६ रुपैयाँ ८७ पैसा रहेको छ। आज क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ७५ पैसा रहेको छ। 

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६२ पैसा र बिक्री दर १० रुपैयाँ ६७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९४ पैसा र बिक्री दर १९ रुपैयाँ ४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

यस्तै, आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३२ रुपैयाँ ३६ पैसा र बिक्री दर ३२ रुपैयाँ ५२ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ १४ पैसा र बिक्री दर ३२ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ १२ पैसा र बिक्री दर १० रुपैयाँ १७ पैसा कायम भएको छ।

Logo