सूर्या लाइफको १२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सूर्या लाइफको १२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बिहीबार सूर्या लाइफ इन्स्याेरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ शुक्रवार बुक क्लोज गर्दै छ । ९ र १० मा शुक्रवार र शनिवार परेकाले सेयर कारोबार बन्द हुनेछ । यसअनुसार, कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बन्नुपर्नेछ ।

सूर्या लाइफले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १२ दशमलव सात प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६७ प्रतिशत नगद गरी कुल १३ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्न २९ पुसमा वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा होटल हैरिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे सुरु हुनेछ ।

Logo