कस्तो रह्यो एक सातामा सुनचाँदी बजार?

कस्तो रह्यो एक सातामा सुनचाँदी बजार?


यस हप्ता सुनचाँदीको मूल्यमा उतार चढाव आइरह्यो। यसका बाबजुद् समग्रमा सुनको मूल्य प्रतितोला ५ सयले ओरोलो लागेको छ । 

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा आइतबार ४०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको थियो।

आइतबार छापावाल सुन प्रति १० ग्राम ८० हजार २४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ८१५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ। 

आइतबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ६७ रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

यस्तै सोमबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ सयले बढेर ९३ हजार ८ सयमा कारोबार भयो। सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

त्यसैगरी यस दिन चाँदीको मूल्य भने स्थिर रहेको थियो । चाँदीको मूल्य प्रतितोला १२५० मा कारोबार भएको महसंघले जनाएको छ।

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको थियो । सोमबार प्रतितोला ९३ हजार ८०० रुपैंयाँमा कारोबार भएको सुन यस दिन तोलामा ८०० रुपैंयाँले घटेर प्रतितोलाको मूल्य ९३ हजार कायम भएको महासंघले जनाएको छ। मंगलबार तेजावी सुनको मूल्य ९२ हजार ५०० रुपैंयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैंयाँले घटेर १ हजार २२५ रुपैंयाँ कायम भएको महासंघले जनाएको छ। 

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा बुधबार ४०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको हो।

बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ३९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ९६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ। बुधबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ।

साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएकोमा बिहीबार सात सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको हो।

छापावाल सुन प्रति १० ग्राम ७९ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ८० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ सयले घटेर प्रतितोला ९३ हजार १ सयमा कारोबार भएको छ।

यस अघि बिहीबार सुन तोलाको ९३ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै शुक्रबार तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

त्यसैगरी चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य प्रतितोला १२६० मा कारोबार भएको महासंघले जनाएको छ।

Logo