यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८रुपैयाँ ५२ पैसा र बिक्री दर ११९ रुपैयाँ १२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ५९पैसा र बिक्री दर १३५ रुपैयाँ २७ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ २५पैसा र बिक्री दर १६१ रुपैयाँ ०६ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९७ पैसा र बिक्री दर १३० रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ र बिक्री दर ८६ रुपैयाँ ४३ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ९७ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ २९ पैसा र बिक्री दर १० रुपैयाँ ३५ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६५ पैसा र बिक्री दर १८ रुपैयाँ ७४ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ५७ पैसा र बिक्री दर ३१ रुपैयाँ ७३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ५५ पैसा र बिक्री दर ३२ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  ९ रुपैयाँ ९३ पैसा र बिक्री दर ९ रुपैयाँ ९८ पैसा कायम भएको छ।
 

Logo