यस्ताे छ विदेशी मुद्राको आजको विनिमय दर

यस्ताे छ विदेशी मुद्राको आजको विनिमय दर


नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८रुपैयाँ ९९ पैसा र बिक्री दर ११९ रुपैयाँ ५९ पैसा कायम गरेको छ। 

युरोपियन युरो एकको खरिद दर १३४ रुपैयाँ ५१ पैसा र बिक्री दर १३५ रुपैयाँ १८ पैसा छ। युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ७६ पैसा र बिक्री दर १६१ रुपैयाँ ५७ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६४ पैसा र बिक्री दर १३० रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८२ पैसा र बिक्री दर ८६ रुपैयाँ २५ पैसा  छ।  क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ८३ पैसा छ। 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ २७ पैसा र बिक्री दर १० रुपैयाँ ३३ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६७ पैसा र बिक्री दर १८ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ६९ पैसा र बिक्री दर ३१रुपैयाँ ८४ पैसा  छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ६८ पैसा र बिक्री दर ३२ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम भएको छ।

Logo