अपांगता भएका ३३ परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण

अपांगता भएका ३३ परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण


संखुवासभाको चैनपुर नगरपालिकाले नगरभित्रका किसानलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको छ। चैनपुर नगरपालिकाले अपांगता भएका व्यक्तिका परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको हो।

मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका अपांगता भएका व्यक्तिका ३३ परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण गरेकाे नगर प्रमुख भरतकुमार खत्रीले बताए। अपांगता भएका व्यक्तिका परिवारलाई सातदिने मौरीपालनसम्बन्धी तालिमसहित मंगलबार मौरीसहितको घार वितरण गरिएको उनकाे भनाइ छ।

घारसहितको मौरी वितरण गर्दै नगर प्रमुख खत्रीले सहभागीहरूलाई व्यवसायिक बन्न आग्रह गर्दै नयाँ व्यवसायीहरूलाई थप सहयोगसमेत गर्ने धारणा राखे। ११ वटै वडाबाट छनाेट भएका ३३ अपांगता भएका परिवारलाई घारसहितको मौरी वितरण गरिएको उनले बताए।

अपांगता रोकथाम तथा पुन:स्थापना कार्यक्रमअन्तर्गत चैनपुर नगरपालिका र घरेलु तथा साना उद्याेग कार्यालयको लागत साझेदारीमा १४ देखि २० पुससम्म  मौरीपालनसम्बन्धी तालिम गरिएको कार्यक्रमका फोकल पर्सन सूर्यकिरण भण्डारीले जानकारी दिए। 

Logo