नेकपा सचिवालय बैठक पेरिसडाँडामा

नेकपा सचिवालय बैठक पेरिसडाँडामा


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक कोटेश्वरस्थित पेरिसडाँडामा सुरु भएको छ। यस अघि शुक्रबारका लागि बोलाइएको सचिवालय बैठक आइतबारका लागि सारिएको थियो ।

पूर्वमाओवादीको कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने गरी अघिल्लो शुक्रबार बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

आजको बैठकमा मन्त्रीहरू हेरफेरको विषयमा छलफल हुने बताइएको छ । यसका साथै आगामी चैतमा गर्ने भनिएको महाधिवेशनका लागि पार्टीको सांगठनिक एकताको बाँकी काम टुंग्याउने विषयमा पनि बैठकमा छलफल हुनेछ ।

आजको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

Logo