ज्योति विकास बैंककाे बिसौँ वार्षिक साधारण सभा आज बस्दै, लाभांश पारित हुने

ज्योति विकास बैंककाे बिसौँ वार्षिक साधारण सभा आज बस्दै, लाभांश पारित हुने


ज्योति विकास बैंकको बिसौँ वार्षिक साधारण सभा आज बस्दैछ। सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ। 

सभाले बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थसमेत गरी ४.५ प्रतिशत नगदसहित कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुने बताइएकाे छ। त्यस्तै सभाले बैंकको हाल कायम चुक्ता पूँजी ५ अर्बबाट बृद्धि गरि ८ अर्ब बनाउने प्रस्तावसमेत पारित गर्नेछ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ९ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले पौष ८ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने बताइएकाे छ।

Logo