शेयर बजार समीक्षाः यस हप्तामा नेप्से १६८ अंकले बढ्याे

शेयर बजार समीक्षाः यस हप्तामा नेप्से १६८ अंकले बढ्याे


शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) एक हप्तामा १६८ अंकले बढेको छ। 

साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले वृद्धि भएको छ। अघिल्लो साताको बुधबार सामान्य अंकले सुधार आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार ६०.४१ अंकले वृद्धि भएको हो। 

पछिल्लो समय शेयर बजारमा निरन्तर रुपमा उतारचढाव आउन थालेको छ । आइतबार ठूला कम्पनीको शेयर मापक गर्ने सेन्सेटिभ इण्डेक्स पनि २.२९ प्रतिशत, फ्लोट इण्डेक्स २.३९ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४६ प्रतिशत बढेको छ ।

कारोबारमा आएका २४० कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता शेयर ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । गत बुधबार ३ अर्ब ६२ करोडको शेयर कारोबार भएको थियो । 

आइतबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको बाहेकका अन्य सबै उपसमूहका परिसूचकहरु बढेका छन् । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै ५.०८ प्रतिशत बढेको छ । त्यस्तै, निर्जीवन बीमा उपसमूहको परिसूचक ३.५४ प्रतिशत, विकास बैंकको ३.४२ प्रतिशत लगानी २.१७ प्रतिशत, जीवन बीमा २.४२ प्रतिशत, लघुवित्त २.८८ प्रतिशत र अन्य उपसमूहको परिसूचक २.३ प्रतिशत, बैंकिङ १.९९ प्रतिशत, होटल तथा पर्यटन १.४ प्रतिशत र जलविद्युत उपसमूहको परिसूचक १.७ प्रतिशतले बढेको छ।

साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजार नेप्से परिसूचक बढेको छ। यस दिन नेप्से परिसूचक ३२ दशमलव शून्य ३ अंकले बढेर २ हजार ६१६ दशमलव ९४ बिन्दुमा पुगेको छ। 

२३० वटा कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता शेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँमा खरिद विक्री भएको छ। 

त्यस्तै एउटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। शेयर मूल्य सकारात्मक सर्किट लाग्नेमा मध्य भोटेकोसी रहेको छ। यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।  

साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार बढेर बन्द भएको छ । नेप्से परिसूचक ६३.०१ अंकले बढेर २ हजार ६७९ बिन्दुमा पुगेर बन्द भएको हो। सेन्सेटिभ इन्डेक्स पनि १५.८५ अंकले बढेर ५०३.७२ बिन्दुमा पुगेको थियो। 

यस दिन २३४ वटा धितोपत्रको ९१ लाख १० हजार ७५८ कित्ता शेयर ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२८ रुपैयाँमा खरिद विक्री भएको छ । ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । 

शेयर मूल्य सकारात्मक सर्किट लाग्नेमा श्री इन्भेष्ट्मेन्ट फाइनान्स, सप्तकोशी डेब्लप्मेन्ट बैंक, मध्य भोटेकोशी जलविद्य्रुत, नेपाल एसविआई बैंक र सिन्धु विकास बैंंक रहेका थिए । श्री इन्भेष्ट्मेन्ट फाइनान्स र सप्तकोशी डेभलप्मेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने मध्य भोटेकोशी जलविद्युत, नेपाल एसविआई बैंक र सिन्धु विकास बैंंकको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको थियो। 

साताको चौथो कारोबार दिन बुधबार भने शेयर बजार  घटेर बन्द भएको थियो। यो साता निरन्तर उकालो लागेको शेयर बजार बुधबार घटेर बन्द भएको हो । नेप्से परिसूचक ३०.७५ अंकले घटेर २ हजार ६७९.२० बिन्दुमा झरेको थियो भने सेन्सेटिभ इन्डेक्स ६.६८ अंकले घटेर ४९७.०३ बिन्दुमा झरेको थियो। 

यस दिन २३६ वटा धितोपत्रको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँमा खरिद विक्री भएको थियो । मध्य भोटेकाशी जलविद्युत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । यो कम्पनीको ९.९६ प्रतिशतले शेयर मूल्य बढेको हो । 
त्यस्तै, कारोबारमा आएका १३ वटा समूहमध्ये हाइड्रोपावर र फाइनान्स समूहको परिसूचक बढेको छ भने बाँकी रहेका सबै समूहको परिसूचक घटेको थियो । 

साताकाे अन्तिम काराेबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ। यसदिन नेप्से ४३.२९ अंकले बढेर २६ सय ९२.४७ विन्दुमा बन्द भएको छ।

यसदिन २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता सेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएका १३ समूहमध्ये ११ समूहको सूचक बढेको छ। यसदिन होटल तथा पर्यटनको ३.४८ प्रतिशतले बढेको छ। यस्तै जलविद्युत समूहको सूचक २.४८ प्रतिशतले बढेको हो।

दुई समूहको सूचक भने ओरालो लागेको छ। व्यापारको ०.६८ र उत्पादन समूहको सूचक ०.०८ प्रतिशतले घटेको हो। नेप्से घटे पनि तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएकाे छ।

नेपाल फाइनान्स, तेह्रथुम पावर कम्पनी र मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबार रकमका आधारमा यसदिन अपि पावर कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको १६ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो। त्यसैगरी, एनआइसी एसिया बैंक र नेसनल माइक्रोफाइनान्सको १० करोडभन्दा बढीको सेयर कारोबार भयो।

Logo