सुनचाँदी बजारः एक सातामा १८ सयले घट्यो सुनको मूल्य

सुनचाँदी बजारः एक सातामा १८ सयले घट्यो सुनको मूल्य


गत हप्ता सुनको मूल्यमा उतार चढाव कायम रहेको छ। आइतबारदेखि शुक्रबारसम्म समग्रमा सुनको मूल्य प्रतितोला १ हजार ८०० ले घटेको छ।

आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएकोमा आइतबार सात सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार चार सय रुपैयाँ कायम भएको हो।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार नौ सय रुपैयाँ कायम भएको थियो। 

आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै सोमबार पनि नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएकोमा सोमबार ३०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको हो।

सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

सोमबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको छ।

यता मंगलबार सुनको मूल्य ९०० ले घटेको छ । महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ  कायम भएकोमा मंगलबार ९०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको हो। मंगलबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ६१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको थियो । 

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ  कायम भएकोमा बुधबार ६०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको हो।

बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ५६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार १३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि बुधबार तोलामा १० रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५०० ले घटेर ९२ हजार ३०० तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ८०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० कायम भएको छ। जसको मूल्य बुधबार प्रतितोला ९२ हजार ३०० तोकिएको थियो। त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले घटेर एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ। 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा बिहीबर सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भएको थियो।

नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ  कायम भएकोमा शुक्रबार ७०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको हो।

शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ५३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १०५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ।

Logo