लामो समयदेखि थन्किएको रेलको पुनः परीक्षण

लामो समयदेखि थन्किएको रेलको पुनः परीक्षण


धनुषाको इनरुवा स्टेशनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार परीक्षण गरिएको छ। 

खरिद गरिएको लामो समयसम्म एकै स्थानमा राखिएकाले दुवै रेलको इन्जिनलाई शनिबार कुर्थासम्म गुडाएर पुर्याइएको हो। 

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले लामो समयदेखि एकै स्थानमा राखिएको रेलको इन्जिन ट्रायलको लागि चलाएको बताए। खरिद गरेर नेपाल आएदेखि रेल नचलाउँदा दुबै रेलका इन्जिनका ब्याट्री, चक्काको पिस्टन, जेनरेटर खराब भएको थियो। 

शनिबार कुर्था ल्याउनुअघि दुबै रेलको इन्जिन मर्मतसम्भार गरिएको महाप्रबन्धक झाले बताए। 

Logo