नेप्से १९ अंकले वृद्धि हुँदा कारोबार रकममा पनि थोरै सुधार

नेप्से १९ अंकले वृद्धि हुँदा कारोबार रकममा पनि थोरै सुधार


साताको दोस्रो कारोबार दिन सोमबार (आज) पनि शेयर बजार बढेर बन्द भएको छ। आज नेप्से परिसूचक १९.४३ अंकले बढेर २ हजार ७८४.९५ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स ३.१६ अंकले बढेर ५२२.५३ बिन्दुमा पुगेको छ । 

आज २३६ वटा धितोपत्रको १ करोड ४२ लाख ८८ हजार कित्ता शेयर ७ अर्ब १२ करोड ३४ लाख २४ हजार रुपैयाँमा खरिद विक्री भएको छ । आज ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

शेयर मूल्य सकारात्मक सर्किट लाग्ने कम्पनीमा मध्यभोटेकोशी जलविद्युत कम्पनी, युनियन हाइड्रोपावर र कर्पोरेट डेभ्लप्मेन्ट रहेका छन् । मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने युनियन हाइड्रोपावर र कर्पोरेट डेभ्लप्मेन्ट बैंकको झन्डै १० प्रतिशतले शेयर मूल्य बढेको छ। 

कारोबार रकमको आधारमा गोर्खाज फाइनान्स लिमिटेडले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको २२ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक घटेको छ भने बाँकी रहेका सबै समूहको परिसूचक बढेको छ। 

Logo