शेयर बजारमा हरियाली, ४९.१९ अंकले बढ्यो नेप्से

शेयर बजारमा हरियाली, ४९.१९ अंकले बढ्यो नेप्से


साताको तेस्रो कारोबार दिन मंगलबार (आज) पनि शेयर बजारमा वृद्धि आएको छ। आज नेप्से परिसूचक ४९.१९ अंकले बढेर २ हजार ८३४.१३ बिन्दुमा पुगेर बन्द भएको छ। सेन्सेटिभ इन्डेक्स पनि ६.३४ अंकले वृद्धि भएर ५२८.८७ बिन्दुमा बन्द भएको छ। 

आज २३२ वटा धितोपत्रको १ करोड १९ लाख ७० हजार कित्ता शेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँमा खरिद विक्री भएको छ। ८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

शेयर मूल्य सर्किट लाग्ने कम्पनीमा नारायणी डेभलप्मेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलप्मेन्ट बैंक, मध्य भोटेकाशी, सिभिल लघुवित्त, न्यादी हाइड्रोपावर र मितेरी डेभलप्मेन्ट बैंक रहेका छन् । 

कारोबार रकमको आधारमा अपि पावर कम्पनी लिमिटेडले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको १६ करोड रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ।

Logo