माघे संक्रान्ति नजिकिएसँगै तरुलको व्यापार बढ्यो, कति छ बजार मूल्य?

माघे संक्रान्ति नजिकिएसँगै तरुलको व्यापार बढ्यो, कति छ बजार मूल्य?


माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंमा तरुलको व्यापार बढेको छ। काठमाडौंको कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा गतवर्षको तुलनामा तरुलको व्यापार बढेको हो ।

तरुलको व्यापार राम्रो भइरहेको सर्लाहीका व्यापारी रामबाबु साहले बताएका छन्। उनले आफूले सर्लाहीबाट तरुल ल्याएको र त्यसको मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको पनि बताए। गत वर्षभन्दा यस वर्ष तरुलको व्यापार बढेपनि मूल्य भने नबढेको साहको भनाइ छ ।

यता, चितवनबाट ल्याइएको रातो तरुल भने प्रतिकेजी १५० रुपैयाँसम्ममा विक्री भइरहेको व्यापारी ईश्वर ढकालले बताए । रातो तरुल राम्रो हुने भएकाले यसको मूल्य अन्य तरुलको भन्दा बढि भएको उनको भनाइ छ ।

व्यापारीहरुका अनुसार यसवर्र्ष काठमाडौंमा सर्लाही र चितवनको तरुल बढि भित्रिएको छ । ग्राहकहरुले पनि सस्तो मूल्य हुने भएकाले कालिमाटी बजारबाटै तरुल खरिद गर्ने गरेको बताएका छन्। ललितपुरकी मुना थापाले सस्तोमा पाइने भएकाले तरुल खरिद गर्न आफू कालिमाटी तरकारी बजारमै आएको बताइन् ।

अघिल्लो वर्ष कोरोनाका कारण तरुलको व्यापार घटेको थियो भने मूल्य केही बढेको थियो । माघे संक्रान्तिमा तरुल खाने हाम्रो प्रचलन रहि आएको छ। पोषणविद्हरुका अनुसार तरुलले हाम्रो शरीरलाई बलियो बनाउने पोषण दिने गर्दछ।

Logo