यस्तो छ आजकाे सुनचाँदीको बजार भाउ

यस्तो छ आजकाे सुनचाँदीको बजार भाउ


नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको पाइन्छ । नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  छापावाल सुन प्रतितोला ९२ हजार५०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ ।  यसअघि मंगलबार छापावाल सुन तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने बुधवार छापावाल सुन तोलाको ९२ हजार२०० रुपैयाँमा  कारोबार भएको थियो ।

 चाँदीको भाउ पनि प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएको छ ।बुधवार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

Skip This
Logo