४ भदौ २०७९ शनिबार
1
1
1
1

शेयर बजारमा हरियाली, ५४.१२ अंकले बढ्याे नेप्से

1
1
1

साताको अन्तिम कारोबार दिन बिहीबार (आज) शेयर बजारमा हरियाली छाएको छ। आज नेप्से परिसूचक ५४.१२ अंकले वृद्धि भएर २ हजार ८५७.७५ बिन्दुमा रोकिएको छ भने सेन्सेटिभ इन्डेक्स पनि ८.९४ अंकले वृद्धि भएर ५३०.८३ बिन्दुमा रोकिएको छ। 

आज २२४ धितोपत्रको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपैयाँमा खरिद विक्री भएको छ। आज मध्यभोटेकोशी जलविद्युत वित्तिय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
 
कारोबार रकमको आधारमा अप्पर तामाकोशी हाईड्रोपावरले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको २४ करोड ३१ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ। 

कारोबारमा आएका १३ समूहमध्ये अन्य समूहको परिसूचक घटेको छ भने १२ वटा समूहको परिसूचकमा वृद्धि आएको छ।

शेयर अर्थ संसार

प्रकाशित: २९ पुष २०७८ १५:३४ बिहीबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी