धितोपत्र बोर्डकाे अध्यक्षका लागि १५ जनाकाे आवेदन

धितोपत्र बोर्डकाे अध्यक्षका लागि १५ जनाकाे आवेदन


नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालयका अनुसार आवेदन दिने अन्तिम दिन आजसम्म १५ जनाले आवेदन दिएका हुन्। 

आवेदन दिनेमा डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा. जीवन अम्गाईं, रमेशकुमार हमाल, सिताराम थपलिया, डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरि र हेमन्त बस्याल रहेका छन्।

यसअघि आवेदन दिएका आईक्यानका पूर्वअध्यक्ष कृष्ण आचार्यले भने यसपटक आवेदन दिएनन्।
पहिले आवेदन नदिएका खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी र कृष्णराज पोखरेलले यसपटक थप आवेदन दिएका छन् । अन्य ११ जना यसअघि नै आवेदन दिएका हुन्। 

सर्वोत्तम सिमेन्टको सेयर खरिद विवादमा मुछिएपछि तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकाले बर्खास्त गरे पछि बाेर्डको अध्यक्ष खाली छ। बोर्ड अध्यक्ष नियुक्तिका लागि बनेको सिफरिस समितिले गत कात्तिक ११ गते आवेदन माग गरेको थियो।

Logo