४ भदौ २०७९ शनिबार
1
1
1
1

२ रुपैयाँ दरका नयाँ सिक्का आजदेखि बजारमा, दृष्टिविहीनले पनि पहिचान गर्न सक्ने

1
1
1

नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याउँदैछ।

साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको हो। 

राष्ट्र बैंकले हालै मात्र १ र २ रुपैयाँ दरका सिक्का छापेको थियो। राष्ट्र बैंकका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला छन्।

सिक्काको माथिल्लो भागमा अंग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरीमा २ रुपैयाँ लेखिएको छ। सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ भने नक्साको ठिक माथिपट्टी दायाँतर्फ फरक क्षमता (दृष्टिविहीन)हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेको छ।

बैंकिंग अर्थ संसार

प्रकाशित: ३० पुष २०७८ ०७:३० शुक्रबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी