सेञ्चुरी बैंकको साधारण सभाद्वारा ६.०५ प्रतिशत लाभांश पारित

सेञ्चुरी बैंकको साधारण सभाद्वारा ६.०५ प्रतिशत लाभांश पारित


सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीले दिने निर्णय गरेको ६.०५ प्रतिशत लाभांश पारित गरेको छ। 

बैंकको शुक्रवार सम्पन्न ११ औंं वार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजीबाट ५.७५ प्रतिशतले बोनस शेयर र बाँकी नगद लाभांश दिने निर्णय पारित गरेको हो ।
 
यो निर्णयसँगै सेञ्चुरी बैंकको गत असार मसान्तमा कायम ९ अर्ब तीन करोड ४४ लाख २९ हजार ५०२ रूपैयाँमा ५.७५ प्रतिशत रकम बोनस शेयर दिने भएको छ। 

यस्तो रकमबाट ५१ करोड ९४ लाख ७९ हजार ६ सय ९६ रूपैयाँ बराबरको बोनस शेयर वितरण हुने भएको छ। बाँकी ०.३० प्रतिशतले हुन आउने दुई करोड ७३ लाख ४१ हजार ३६ रूपैयाँ भने कर प्रयोजनको लागि दिने प्रस्ताव पारित भएको बैंकले जानकारी दिएको छ। बोनस शेयरपछि यो बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड ३९ लाख रूपैयाँ हुने भएको छ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाँट लगायतका प्रतिवेदन पारित गरेको छ। यो बैंकले संस्थापक समूहमा हाल रहेको ५३.४१ प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत हुने गरि शेयरधनीहरूको शेयर संरचना परिवर्तन गर्ने सञ्चालक समितिको निर्णय पनि अनुमोदन गरेको छ। 

यो बैंकले आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको उल्लेख गरेको छ। यसले १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखारहित बैंकिङ र १०८ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको पनि उल्लेख छ।

Logo