साताको सुन बजार : एक हप्तामा सुनको मूल्य ११ सयले बढ्यो

साताको सुन बजार : एक हप्तामा सुनको मूल्य ११ सयले बढ्यो


गत हप्ता सुन बजार उतार चढावमै रह्याे । हप्ताभरि समग्रमा सुन प्रतितोला ११ सयले बढेकाे छ।

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको थियो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै बिक्रीदरमा आइतबार सुनको मूल्य निर्धारण भएको थियो। 

महासंघले आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको जनाएको छ। 

तेजावी सुनको मूल्य तोलाको ९१ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, अघिल्लो हप्ता बिहीबार छापावाल सुन तोलाको ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार छापावाल सुन तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि आइतबार स्थिर थियो । प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको छ । 

यस्तै नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ  कायम भएकोमा दोस्रो दिन सोमबार ३०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको हो। सोमबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७७ हजार ८४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सोमबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २२० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ४६ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य ३०० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३०० ले बढेर प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको हो।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला १२३० रुपैयाँ कायम भएको हो।

बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्यमा उतारचढाब आएको छ। मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा यसदिन ६ सयले बढेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी,  तेजावी सुनको मूल्य तोलाको ९१ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ३ सयले बढेको छ। नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ। 

चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले बढेको छ। यस दिन १२ सय ५५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २ सयले बढेर ९२ हजार ७०० पुगेको हो। यस अघि बिहीबार सुन तोलाको ९२ हजार ५०० सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलाको ९२ हजार २ सयमा कारोबार भएको महासंघले जनाएको छ।

त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर तोलाको १२ सय ६० पुगेको महासंघले जानकारी दिएको छ। यसअघि बिहीबार चाँदी तोलाको १२ सय ५५ मा कारोबार भएको थियो।

Logo