नेप्से ६९ अंकले बढ्दा साढे नौ अर्बको कारोबार

नेप्से ६९ अंकले बढ्दा साढे नौ अर्बको कारोबार


साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजारमा हरियाली छाएको छ। 

बिहीबार पनि बढेर बन्द भएको बजारमा हरियाली छाएको हो । आज नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६.७४ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ११.८१ अंकले बढेर ५४२.६३ बिन्दुमा पुगेको हो । 

आज २२९ वटा धितोपत्रको १ करोड ८२ लाख ५४ हजार कित्ता शेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैँयाँ बराबरको शेयर कारोबार भएको छ। 

आज पनि मध्ये भोटेकाशीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमको आधारमा अरुण भ्याल्ली हाइड्रोपावर कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको ३२ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ। 

आज कारोबारमा आएका १३ वटा समूहकै परिसूचकमा वृद्धि आएको छ। 

Logo