सुनको मूल्य प्रतितोला एक सयले बढ्याे

सुनको मूल्य प्रतितोला एक सयले बढ्याे


साताकाे चाैथाे दिन नेपाली बजारमा सुनकाे मूल्य एक सय रुपैयाँले बढेकाे छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएको छ।

यसअघि मंगलबार छापावाल सुन तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य तोलाको ९२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ।

चाँदीको भाउ प्रतितोला एक हजार २८५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

Logo