नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्याे

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्याे


साताको चौथो कारोबार दिन बुधबार (आज) पनि शेयर बजारमा गिरावट आएको छ। आज नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार ८९८ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेर ५३९ बिन्दूमा झरेको छ। 

आज २२८ वटा धितोपत्रको १ करोड १८ लाख ३७ हजार कित्ता शेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमको आधारमा अपि पावर कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको २० करोड ३२ लाख २१ हजार रुपैयाँको शेयर खरिद विक्री भएको हो।

Logo