आयल निगमले बढायाे इन्धनको मूल्य, पेट्रोलकाे मूल्य प्रतिलिटर १३९ रुपैयाँ पुग्याे

आयल निगमले बढायाे इन्धनको मूल्य, पेट्रोलकाे मूल्य प्रतिलिटर १३९ रुपैयाँ पुग्याे


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार राति १२ बजेबाट लागू हुने गरि डिजेल र पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढाइएको छ। अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र मट्टीतेल र डिजेल १२२ रुपैयाँ पुगेको छ।

आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रति लिटर ५ रुपैयाँले बढाएर १०६ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य भने एकै पटक प्रतिकिलोलिटर १०० अमेरिकी डलरले बृद्धि गरिएको छ।

अब अन्तर्राष्ट्रिय तर्फ एक किलोलिटर इन्धनको मूल्य ९९५ अमेरिकी डलर पर्नेछ। यस अघि एक किलोलिटर इन्धनको मूल्य ८९५ डलर मात्रै तोकिएको थियो।

एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ ।

मूल्य समायोजन गरेपनि निगमलाई १५ दिनमा १ अर्ब ८८ करोड रुपैयाँ घाटा हुनेछ। एलपी ग्यासमा मात्रै एक अर्ब १४ करोड रुपैयाँ घाटा छ। निगमले यस अघि १५ दिनमा दुई अर्ब २४ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण  बताएको थियो।

Logo