नेप्से ३३.०३ अंकले वृद्धि हुँदा साढे ५ अर्बको कारोबार

नेप्से ३३.०३ अंकले वृद्धि हुँदा साढे ५ अर्बको कारोबार


साताको अन्तिम कारोबार दिन बिहीबार (आज) शेयर बजार दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ। आज नेप्से परिसूचक ३३.०३ अंकले बढेर २ हजार ९३१ बिन्दुमा रोकिएको छ भने सेन्सेटिभ इन्डेक्स ४.०९ अंकले बढेर ५४३.७४ बिन्दुमा रोकिएको छ। 

२२९ वटा धितोपत्रको १ करोड ५९ लाख ८९ हजार कित्ता शेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँमा खरिद विक्री भएको छ। 

आज ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। शेयमूल्य सर्किट लाग्ने कम्पनीमा मैलुङ खोला, तेह्रथुमपावर कम्पनी र बुद्धभूमी नेपाल हाइड्रोपावर रहेका छन्। 

कारोबार रकमको आधारमा आइएमइ जेनेरल इन्स्योरेन्सले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको २२ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।

Skip This
Logo