साताको सुन बजार : एक हप्तामा १४ सयले बढ्यो सुनको मूल्य

साताको सुन बजार : एक हप्तामा १४ सयले बढ्यो सुनको मूल्य


गएको हप्ता सुनचाँदी बजारमा उतार चढाव रह्यो । आइतबारदेखि शुक्रबारसम्म खुलेको बजारमा समग्रमा १४ सयले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबारभन्दा आइतबार सुन तीन सयले घटेको थियो भने चाँदी १० रूपैयाँले घट्यो ।

यसैगरी, तेजावी सुन तोलाको ९१ हजार  ९०० रुपैयाँ निर्धारण भएको थियो । यसअघि शुक्रबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो।

यस दिन चाँदीको भाउ प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ। 

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलामा १ सयले बढेर ९२ हजार ५०० पुगेको छ।

यस अघि आइतबार सुन तोलाको ९२ हजार ४०० सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजाबी सुन तोलाको ९२ हजारमा कारोबार भयो । 

त्यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १२ सय ५५ पुगेको महासंघले जानकारी दिएको छ। 

साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ सयले बढेर ९२ हजार ६०० पुगेको छ।

तेजाबी सुन तोलाको ९२ हजार १०० सयमा कारोबार भएको महासंघले जनाएको छ।

मंगलबार चाँदीको मूल्य तोलाको १२ सय ५५ मा कारोबार भयो।  

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएको छ।

यसअघि मंगलबार छापावाल सुन तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य तोलाको ९२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ।

चाँदीको भाउ प्रतितोला एक हजार २८५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

यता बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा  बिहीबार सुन तोलामा एक हजार रुपैयाँले बढेको हो। महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार २०० सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ।

साताको अन्तिम दिन शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ। शुक्रबार सुन १ सयले बढेको हो।

यसअघि बिहीबार छापावाल सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो। 

यसैगरी शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ प्रतितोला एक हजार ३२५ रुपैयाँ कायम भएको छ।

Logo