सवारी साधनमा युरो ६ लागू गर्ने सरकारको प्रस्ताव सकारात्मक : नाडा

सवारी साधनमा युरो ६ लागू गर्ने सरकारको प्रस्ताव सकारात्मक : नाडा


सम्पूर्ण सवारी साधनहरुमा युरो ६ लागू गर्ने सरकारको प्रस्तावलाई नाडा अटोमोवाईल्स एशोशिएशन अफ नेपालले सकारात्मकरुपमा लिएको छ। 

आइतबार राजधानीको होटल याक एण्ड यतिमा आयोजित पत्रकार सम्मेलनमा एशोशिएशनले सवारी साधनमा युरो ६ लागू गर्ने सरकारको प्रस्तावलाई सकारात्मकरुपमा लिएको जनाएको हो। 

यसको समग्र पूर्वाधार तयारीका लागि चरणवद्ध रुपमा लागू गर्दै जानु पर्ने भएकाले अहिले त्यसका लागि देशमा उपयुक्त पूर्वाधारहरु लगायत दक्ष प्राविधिक जनशक्ति पनि तयार नभई सकेको सन्दर्भमा यसलाई चरणवद्ध रुपमा नै लागू गर्ने व्यवस्थाका लागि सरकारसँग नाडाले अनुरोध गरेको छ।

नेपाल अटोमोवाईल्स एशोशिएशन अफ नेपाल नाडाका अध्यक्ष ध्रुव थापाले सम्पूर्ण सवारी साधनमा युरो ६ लागू गर्ने प्रस्ताव कार्यान्वयन गर्न केही समय लाग्ने र सरकारले त्यसका लागि आफूहरुलाई समय दिन माग गरे। यो नियम तत्काल लागू भएता पनि पछि समस्या आउन सक्ने उनको भनाइ थियो। यस्ता नियमले प्रदूषण बढाउने उनको जिकिर छ।

Logo