राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धकसहित ६ कर्मचारीमा कोरोनापछि बैंकका सेवा बन्द

राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धकसहित ६ कर्मचारीमा कोरोनापछि बैंकका सेवा बन्द


सिरहाको एक बैंकमा कार्यरत ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

सिरहा नगरपालिकास्थित राष्ट्रिय वाणिज्य बैंक, शाखामा कार्यरत प्रबन्धक र अन्य ५ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकका सेवा बन्द गरिएको छ । 

शाखाले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द रहने जनाएको छ। 

नगद जम्मा र नगद भुक्तानीबाहेक मोबाइल बैंकिङ, एटिएममा आईपर्ने समस्या र चेक क्लियरेन्स जस्ता काम भने सञ्चालन हुने बैंकले जानकारी दिएकाे छ।

Skip This
Logo