नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा ब्याज छुट दिने

नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा ब्याज छुट दिने


नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकको हितलाई मध्यनजर गर्दै व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याज छुट दिने भएको छ।

कम्पनीले विभिन्न कारणले बीमालेख नविकरणबाट छुटेका आफ्ना बीमितहरुलाई नविकरणमा ब्याज छुटको व्यवस्था गरेको हो । ०७६ मंसिर १९ गतेभन्दा अगाडि व्यतित भएका बीमालेखको हकमा सो व्यवस्था गरेको हो । 

जसअनुसार ०७६ मंसिर १९ गतेभन्दा अगाडि व्यतित भएका बीमालेख नविकरण गर्दा ३५ प्रतिशत वा रु. ३०,०००/– सम्म (जुन कम हुन्छ) छुट दिनेछ । तर एक पटक छुटको सुविधा लिइसकेका ग्राहकको हकमा भने यो छुट योजना लागू हुने छैन । यो छुट योजना ०७८ माघ मसान्तसम्म लागू हुने हुनाले समयमै छुट सुविधाको लाभ लिई आफ्नो बीमालेखलाई पुनर्जागरण गर्न कम्पनीले आग्रह गरेको छ। 

समयमै आफ्नो बीमालेख नविकरण गरी जोखिम बहनलाई निरन्तरता दिन आग्रह गर्दछौं, विज्ञप्तिमा कम्पनीले जनाएको छ।

Logo