नेप्सेमा ९९.८६ अंकको पहिरो, ८ अर्ब ८८ करोडको कारोबार

नेप्सेमा ९९.८६ अंकको पहिरो, ८ अर्ब ८८ करोडको कारोबार


साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार राताम्मै भएर बन्द भएको छ । आज नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक ९९.८६ अंकले घटेर २ हजार ८२० बिन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १८.०८ अंकले घटेर ५२६ बिन्दुमा झरेको छ । 

आज २२८ वटा धितोपत्रको १ करोड ७० लाख ६३ हजार कित्ता शेयर ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । २ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्य सकारात्मक सर्किट लाग्ने कम्पनीमा विन नेपाल लघुवित्त वित्तिय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेका छन्। 

कारोबार रकमको आधारमा अपि पावर कम्पनी लिमिटेडले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको ३८ करोड ३४ लाख २४ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको हो।

Logo