नेपाल लाइफको ‘जीवन सारथी जीवन बीमा’ योजना, एउटै पोलिसीबाट दम्पतीको संयुक्त जीवन बीमा

नेपाल लाइफको ‘जीवन सारथी जीवन बीमा’ योजना, एउटै पोलिसीबाट दम्पतीको संयुक्त जीवन बीमा


उपभोक्तालाई बीमा सुविधाका माध्यमबाट निश्चिन्तता प्रदान गर्दै बीमाप्रति थप आकर्षण बढाउने सोचका नयाँ तथा आकर्षक बीमा योजना सार्वजनिक गरिरहेको नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कं.लि.को जीवन सारथी बीमा योजनाले एउटै पोलिसी मार्फत दम्पतीको संयुक्त जीवन बीमा गर्न सकिन्छ । 

यस योजनाको सुन्दर पक्ष भन्नु नै श्रीमान, श्रीमती दुवैको संयुक्त नाममा एउटै बीमा पोलिसीभित्र दुवैको जीवन बीमा हुन सक्नु हो । यस जीवन बीमा योजनाले दम्पतीको जोखिम बहन गर्ने हुनाले पारिवारको भविष्य सुनिश्चित हुनेमा कम्पनीको विश्वास छ। विशेषतः शिक्षित तथा आय आर्जनमा संलग्न विवाहित दाम्पत्य जीवनलाई ध्यानमा राखी जीवन सारथी बीमा योजना तर्जुमा गरिएको कम्पनीले जानकारी दिएको छ । 

जीवन सारथी बीमा योजनाका विशेषताहरू
यस योजनामा संलग्न हुन चाहने दम्पतीले न्यूनतम बीमाङ्क रकम  रू. ५ हजारदेखि आयश्रोतका आधारमा अधिकतम बीमाङ्क रकम छनोट गर्न सक्छन् । नेपाल लाइफ इन्स्योरेन्सको यस बीमा योजनामा संलग्न हुनका लागि इच्छुकको न्यूनतम उमेर १८ वर्षको हुनुपर्नेछ । त्यसैगरी अधिकतम प्रवेश उमेर भने ५० वर्ष निर्धारण गरिएको छ। जीवन सारथी बीमा योजनाको न्यूनतम बीमा अवधि १५ वर्ष र अधिकतम बीमा अवधि ३० वर्ष निर्धारण गरिएको छ । त्यसैगरी, कम्पनीका अनुसार अधिकतम बीमा समाप्ति उमेर भने ६५ वर्ष तोकिएको छ ।
  
बीमा शुल्क भुक्तानी तरिकामा छुट तथा थपको ब्यवस्थाः
नेपाल लाइफ इन्स्योरेन्सले बीमा शुल्क भुक्तानीको तरिकाका आधारमा छुट तथा थपको ब्यवस्था पनि गरेको छ । यस अन्तर्गत, बार्षिक बीमा शुल्क भुक्तानीमा कुनै छुटको ब्यवस्था गरिएको छैन । तथापी अर्ध बार्षिक भुक्तानीमा ३ प्रतिशत थप र त्रैमासिकमा ४ प्रतिशत थपको ब्यवस्था कम्पनीले गरेको छ । कम्पनीले बीमाङ्कको आधारमा बीमा शुल्क दरमा छुटको ब्यवस्था पनि गरेको छ । 

यस अन्तर्गत रु. १ लाख ५० हजारसम्मको बीमाङ्क रकममा कुनै छुटको ब्यवस्था छैन। तर, रु १ लाख ५१ हजारदेखि रु. ३ लाखसम्मको बीमाङ्क रकममा रु. १ प्रति हजार, रु. ३ लाख १ हजारदेखि रु. ५ लाखसम्म रु. १.५ प्रति हजार, रु. ५ लाख १ हजारदेखि माथि रु २ प्रति हजार क्रमशः बीमाङ्क रकममा छुटको ब्यवस्था गरिएको छ । त्यसैगरी दुर्घटना लाभ सुविधा अन्तर्गत रु. १ करोडसम्म थप रु. १ प्रति हजार प्रति ब्यक्तिको ब्यवस्था रहेको छ।

सहजताका लागि:
   
बीमाङ्क रकममा छुट 
-रु. १,५०,००० सम्म छुट छैन 
-रू. १,५१,००० देखि रू. ३,००,००० सम्म रू. १ प्रति हजार 
-रू. ३,०१,००० देखि रू. ५,००,००० सम्म रू. १.५ प्रति हजार 
-रू. ५,०१,००० देखि माथि रू. २ प्रति हजार 
-दुर्घटना लाभ सुविधाः रू. १ करोड सम्म थप रू. १ प्रति हजार प्रति व्यक्ति 

बीमाङ्क रकम भुक्तानी दिइने ४ अवस्थाहरु :

नेपाल लाइफ इन्स्योरेन्स कं. लि.ले उपभोक्ताको सहजता र भविष्यप्रतिको सुनिश्चिन्ततालाई दृष्टिगत गर्दै जीवन सारथी बीमा योजना अन्तर्गत बीमाङ्क रकम भुक्तानी दिने ४ अवस्थाहरु निर्धारण गरेको छ। यस अन्तर्गत:
 
१) बीमाको समाप्ति मितिसम्म श्रीमान् र श्रीमती, दुवै जीवित रहेको अवस्थामा बीमा गरेको रकम बीमाङ्क) र त्यसमा पाइने बोनससमेत हिसाब गरि एकमुष्ट रकम प्रदान गरिने ब्यवस्था रहेको छ। 

२) बीमा अवधि समाप्त हुनु भन्दा अगाडि कुनै पनि बेला श्रीमान् वा श्रीमती दुई मध्ये कुनै एकको मृत्यु हुन गएमा जीवित व्यक्तिलाई बीमाङ्क रकम भुक्तानी गरिने ब्यवस्था रहेको छ । तर यसपछि पनि पोलिसी भने चालु अवस्थामा नै रहन्छ । तर, यसमा जीवित बीमितले बीमा शुल्क तिरिरहनु पर्दैन । बीमा अवधिको समाप्तिमा निजलाई पुन बीमाङ्क रकम र शुरुदेखिको बोनस रकम एकमुष्ट प्रदान गरिने ब्यवस्था गरिएको छ। यसरी यस बीमा योजनामा दुई पटक बीमाङ्क रकम दिने नौलो ब्यवस्था गरिएको छ। 

३) बीमा अवधिभित्रै दुवै बीमितको मृत्यु हुन गएको अवस्थामा प्राप्त हुने बीमाङ्क रकम र बोनस रकम निजहरूको इच्छाएको व्यक्तिलाई दिइन्छ । यदि कसैलाई पनि इच्छाएको छैन भने बीमा ऐन २०४९ को दफा ३८ मा उल्लेख भए अनुसार निजको नजिकको हकदारलाई उक्त रकम हस्तान्तरण गरिनेछ।

४) यदि दम्पत्तीले दुर्घटना लाभ सुविधा लिएका छन् र दुर्घटनाकै कारणले एकै बीमा वर्ष (पोलिसी इयर) भित्र दुबैको दुर्घटना घटेको १८० दिन भित्र मृत्यु भएमा दुर्घटना वापतको बीमाङ्क रकमको दोब्बर रकम भुक्तानी गरिने ब्यवस्था योजनामा गरिएको छ। एक पटक दुर्घटना लाभ सुविधा लिए पश्चात यदि अर्को वर्षमा जीवित दम्पत्तीको कुनै कारणले दुर्घटना भएमा भने पुनः दुर्घटना लाभ सुविधा उपलब्ध हुने छैन । 

ऋण तथा समर्पण सुविधा
जीवन सारथी बीमा योजना अन्तर्गत नेपाल लाइफले ऋण तथा समर्पण सुविधाको पनि ब्यवस्था गरेको छ । जस अन्तर्गत :  

बीमालेख प्रारम्भ मितिदेखि ३ वर्ष पूरा हुने बित्तिकै बार्षिक ३ किस्ता बीमाशुल्क प्राप्त भएपछि मात्र समर्पण मूल्य प्राप्त गर्न सकिन्छ । 

समर्पण मूल्य प्राप्त भएको बीमा लेखमा समर्पण मूल्यको अधिकतम ९०% सम्म कर्जा प्राप्त गर्न सकिने व्यवस्था रहेको छ । 

जीवन सारथी जीवन बीमासँग अतिरिक्त शुल्क तिरी दुर्घटना मृत्यु लाभ तथा घातक रोग उपचार खर्च योजना (ऐच्छिक सुविधा) लिन सकिने छ।

Logo