वर्ल्डलिङ्कको इन्टरनेट रिफर गर्ने र पाउने दुवैलाई १ महिनाको इन्टरनेट प्याकेज निःशुल्क

वर्ल्डलिङ्कको इन्टरनेट रिफर गर्ने र पाउने दुवैलाई १ महिनाको इन्टरनेट प्याकेज निःशुल्क


नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आकर्षक इन्टरनेट अफर सार्वजनिक गरेको छ। कम्पनीले रिफर गर्ने र पाउने दुवैलाई आईपीटिभीसहित निःशुल्क एक महिनाको इन्टरनेट प्याकेज दिने गरि यो अफर ल्याएको हो।

बुधबारदेखि सुरु भएको यो अफरमा वर्ल्डलिङ्कका जुनसुकै विद्यमान ग्राहकले कम्पनीको इन्टरनेट जडान गर्नका लागि आफ्ना साथीभाइ तथा आफन्तलाई रिफर गर्न सक्नेछन्। यसरी रिफर गरेपछि नयाँ ग्राहकले तीन महिना वा एक वर्षको इन्टरनेट प्याकेज लिनुपर्नेछ। 

त्यस लगत्तै दुवै ग्राहक (रिफर गर्ने र लिने) ले नेटटिभीसहित एक महिनाको इन्टरनेट निःशुल्क रुपमा पाउनेछन्। वर्ल्डलिङ्कले उपलब्ध गराइरहेका सबै इन्टरनेट प्याकेजमा यो अफर लागू हुने कम्पनीले जनाएको छ । 

कम्पनीले हाल १५० एमबीपीएस, २२५ एमबीपीएस, ३०० एमबीपीएस र ६०० एमबीपीएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार ग्राहकले जतिसुकै व्यक्तिलाई इन्टरनेट रिफर गर्न सक्नेछन्। 

यसरी तीन जनालाई इन्टरनेट रिफर गर्दा रिफर गर्ने व्यक्तिले तीन महिनाको इन्टरनेटसँगै फाइभजीसहितको डुअल ब्यान्डमा निःशुल्करुपमा अपग्रेड हुन पाउनेछन्। त्यस्तै पाँच जनालाई रिफर गर्दा पाँच महिनाको इन्टरनेटसँगै कम्पनीको मेश वाई-फाई बिकन १.१ समेत निःशुल्क रुपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ। 

कम्पनीले यस पटकको रिफर अफर पहिलेको भन्दा अझ आकर्षकरुपमा तयार पारेको छ। यस पटकको अफरमा थप झन्झटिला र दुबिधा हुने कुनै पनि अतिरिक्त शर्तहरू राखिएका छैनन्। वर्ल्डलिङ्कका ग्राहकले यो अफरमा सहभागी हुन कम्पनीको वेबसाइट अथवा माई वर्ल्डलिङ्क एपमा रहेको ‘रिफर’ अप्सनमा जानुपर्ने हुन्छ।

त्यसबाहेक कम्पनीको ग्राहक सेवा केन्द्रमा फोन गरेर तथा नजिकैको वर्ल्डलिङ्कको कार्यालय एवम् प्रतिनिधि कहाँ सम्पर्क गरेर पनि इन्टरनेट प्याकेज रिफर गर्न सकिनेछ।

Logo