शेयर बजार समीक्षाः एक हप्तामा १५१.३६ अंकले घट्यो नेप्से

शेयर बजार समीक्षाः एक हप्तामा १५१.३६ अंकले घट्यो नेप्से


यस हप्ता शेयर बजारमा उतार चढाव नै कायम रह्यो । आइतबारदेखि बिहीबारसम्मको समग्र कारोबारमा अधिकांश दिन शेयर बजार घटेको छ भने अन्तिम दिन केही बढेको छ। अघिल्लो हप्ताको बिहीबार २ हजार ९३१.३४ बिन्दुमा रोकिएको नेप्से यस हप्ताको बिहीबार २ हजार ७७९.९८ बिन्दुमा पुगेर रोकिएको छ। यसर्थ समग्रमा यस हप्ता नेप्से १५१.३६ अंकले घटेको छ।

आइतबार शेयर बजार घटेर बन्द भएको छ। नेप्से परिसूचक १०.८३ अंकले घटेर २ हजार ९२० बिन्दुमा झरेको हो। सेन्सेटिभ इन्डेक्स भने ०.०६ अंकले बढेर ५४३ बिन्दुमा पुगेको छ।

यस दिन २३२ वटा धितोपत्रको १ करोड ४७ लाख कित्ता शेयर ७ अर्ब ३ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने ३ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। शेयरमूल्य सर्किट लाग्ने कम्पनीमा विन नेपाल लद्युवित्त, बुद्धभूमी नेपाल हाइड्रोपावर र मैलुङ खोला जलविद्युत कम्पनी रहेका छन्। 

कारोबार रकमको आधारमा नेपाल दूरसञ्चार कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको ३२ करोड १४ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ। कारोबारमा आएका १३ समूहमध्ये ५ वटा समूह बाहेक अरु सबै समूहको परिसूचक घटेको छ।

साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार राताम्मै भएर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९९.८६ अंकले घटेर २ हजार ८२० बिन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १८.०८ अंकले घटेर ५२६ बिन्दुमा झरेको छ।
 
२२८ वटा धितोपत्रको १ करोड ७० लाख ६३ हजार कित्ता शेयर ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । २ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। शेयरमूल्य सकारात्मक सर्किट लाग्ने कम्पनीमा विन नेपाल लघुवित्त वित्तिय संस्था र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी रहेका छन्। 

कारोबार रकमको आधारमा अपि पावर कम्पनी लिमिटेडले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको ३८ करोड ३४ लाख २४ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको हो।  

साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.९२ अंकले घटेर २ हजार ८१४.७४ बिन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १.१७ अंकले घटेर ५२४.८६ बिन्दुमा झरेको छ। 

२२९ वटा धितोपत्रको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। शेयर मूल्य सकारात्मक सर्किट लाग्ने कम्पनीमा विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी रहेका छन्। 

कारोबार रकमको आधारमा एसियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको २६ करोड ९४ लाख ५१ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको चौथो कारोबार दिन बुधबार पनि घटेर बन्द भएको छ । यो साता निरन्तररुपमा ओरालो लागेको शेयर बजार नेप्से परिसूचक ३८.४५ अंकले घट्दै २ हजार ७७६.६१ बिन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ६.५६ अंकले घटेर ५१८.३८ बिन्दुमा झरेको छ। 

२२३ वटा धितोपत्रको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार रुपैयाँमा खरिद विक्री भएको छ । २ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्य सर्किट लाग्ने कम्पनीमा विन नेपाल लघुवित्त र बुद्धभूमी नेपाल हाइड्रोपावर रहेका छन् । 

कारोबार रकमको आधारमा अपि पावर कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको १६ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको हो । कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ।  

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । यस साताभरि लगातार घटेको नेप्से यस दिन ३.३३ अंकले बढेर २ हजार ७७९.९८ बिन्दुमा बन्द भएको छ भने सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अंकले बढेर ५१८.७२ बिन्दुमा रोकिएको छ। 

२२४ वटा धितोपत्रको ७७ लाख ७५ हजार २३१ कित्ता शेयर ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। २ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य सर्किट लाग्ने कम्पनीमा विन नेपाल लघुवित्त र बुद्धभूमी नेपाल हाइड्रोपावर रहेका छन् । 

कारोबार रकमको आधारमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सर्बाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको २० करोड रुपैयाँको शेयर खरिद विक्रि भएको हो । कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटा समूहको परिसूचक बढेको छ भने बाँकी ६ वटा समूहको परिसूचक घटेको छ। 

Logo