सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो


सुनचाँदीको मूल्य मंगलबार (आज) बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला३०० रुपैयाँले बढेर ९२ हजार २०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम थियो । 

चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेर १ हजार २५५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य १ हजार २४० रुपैयाँ कायम भएको थियो । 

Logo