लमजुङका दुई सय किसानले पाए हाते ट्याक्टर

लमजुङका दुई सय किसानले पाए हाते ट्याक्टर


बेसीशहर नगरपालिकाले दुई सय किसानलाई हाते ट्याक्टर वितरण गरेको छ। कृषिमा यान्त्रिकरण गरि लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएकाे मेयर गुमानसिंह अर्यालले  बताए।

वैदेशिक रोजगारी पश्चात गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुन: प्रयोगमा ल्याउन हाते ट्याक्टर प्रभावकारी हुने अर्यालले बताए । 

नगरपालिकाले ७ र ६ हर्षपावर डिजेलवाला तथा ७ हर्षपावर पेट्रोलवाला गरि ३ प्रकारको मिनिटिलर हाते ट्याक्टर वितरण गरेको छ। ७ हर्षपावरको डिजेलवालाको ७० हजार, ६ हर्स पावरको ६० हजार र पेट्रोलवाला ७ हर्स पावरको ५० हजार रुपैयाँ मूल्य पर्ने मिनिटिलर ५० प्रतिशत अनुदानमा वितरण गरिएकाे नगरपालिकाको कृषि तथा पशुपन्छी शाखाका प्रमुख सूर्यप्रसाद सेढाईंले बताए ।

हाते ट्याक्टरका लागि २ सय १० जना किसानको आवेदन परेकोमा २ सय जनालाई वितरण गरिएको हाे।

Logo